एमआरपि बिना बिक्री नगर्न विभागको चेतावनी
चाडपर्वको अवसरमा बजारमा बिक्री हुने सामानमा अनियमितता बढ्न सक्ने भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीहरूलाई अधिकतम खुद्रा मूल्य (एमआरपि) अनिवार्य रूपमा उल्लेख गर्न ध्यानाकर्षण गराएको छ। विभागले तिहार लक्षित अनुगमनका क्रममा भाई मसला, तामा–चाँदीका भाँडा, झिलिमिली बत्ती लगायतका वस्तुहरूमा मूल्यसहितको लेबल नदेखिएको भन्दै आपत्ति जनाएको हो। विभागका अनुसार मूल्यसूची बिना बिक्री गर्नु उपभोक्ता […]