रसुवा बाढी स्थलगत दाबी संकलन गर्दै निर्जीवन बीमा कम्पनी
विभिन्न समयमा आउने प्राकृतिक तथा मानवनिर्मित विपद्का कारण ठूलो धनजनको क्षति हुँदै आएको छ। बाढीपहिरो, भूकम्प तथा राजनीतिक आन्दोलनका क्रममा भौतिक संरचना, उद्योग, व्यवसाय र निजी सम्पत्तिमा हुने ठूलो नोक्सानीका कारण जनजीवन अस्तव्यस्त बन्ने गरेको छ। यस्ता क्षतिलाई पूर्णरूपमा रोक्न असम्भव भए पनि बीमा कम्पनीहरूले क्षतिको मूल्यांकन गरी दाबी भुक्तानी तथा अग्रिम भुक्तानीमार्फत प्रभावितहरूलाई पुनरुत्थानमा […]