आकस्मिक सेवामा मात्रै बिरामीको उपचार गर्न निजी अस्पताललाई निर्देशन

स्वास्थ्य बीमा बोर्डले निजीअस्पताललाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बीमा सुविधाअन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएको छ।

बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवनकुमार साहले कुनै पनि बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने देखिएमा मात्र बीमा अन्तर्गतका स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिइएको जानकारी दिएका हुन्।

बोर्डले जेठ १६ गतेबाट वित्तीय स्रोतको अभावलाई मध्यनजर गर्दै अर्को निर्णय नहुँदासम्म बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा स्थगित गरेको थियो।

त्यसैगरी, सेवाग्राहीलाई समेत सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब सृजना गरेर आश्यकताबाहेकका अवस्थामा पनि सेवा गर्न बाध्य नपार्न आग्रहसमेत गरिएको छ।