भदौको अन्तिमतिर पनि वर्षा रोकिएन, आजको मौसम कस्तो ?
आज भदौ २५ गते बिहीबार पनि नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहने देखिएको छ। देशका विभिन्न भू–भागमा बदलीसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले दैनिक तथा साप्ताहिक रूपमा मनसुनको अवस्था र वर्षाको सम्भावना सार्वजनिक गर्दै आएको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। […]