सम्पती शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुरका छोरा जयवीरलाई कार्यालयमा उपस्थित हुन सूचना
सम्पती शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री तथा कांग्रेस नेता शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई कार्यालयमा उपस्थित हुन सूचना गरेको छ। विभागले हिजो सोमबार सार्वजनिक सूचना जारी गर्दै देउवाको तीन पुस्ते खुलाएर सम्पत्ति शुद्धीकरणको कसुर अनुसन्धानका लागि जयवीरलाई कार्यालयमा उपस्थित हुन भनेको हो। जयवीरलाई बाटोको म्याद बाहेक सात दिनभित्र कार्यालयमा उपस्थित हुन भनिएको छ। म्यादभित्र हाजिर हुन […]