चढ्नु छ भने थुम्को हैन हिमाल नै चढ्ने भन्छन् । बढ्नु छ भने धरती छोडी आकाश मै बढ्ने भन्छन् ।। ज्ञान विज्ञान पुस्तकका प्राप्ति कति छन् कति तर जान्नेहरूले पुस्तक हैन जीवन नै पढ्ने भन्छन् ।।