ज्ञान

चढ्नु छ भने थुम्को हैन हिमाल नै चढ्ने भन्छन् ।

बढ्नु छ भने धरती छोडी आकाश मै बढ्ने भन्छन् ।।

ज्ञान विज्ञान पुस्तकका प्राप्ति कति छन् कति

तर जान्नेहरूले पुस्तक हैन जीवन नै पढ्ने भन्छन् ।।