राष्ट्रसंघको महासचिवमा ल्याटिन अमेरिकी दाबी, महिला नेतृत्वको सम्भावना कति ?
संयुक्त राष्ट्रसंघको नयाँ महासचिव बन्ने प्रतिस्पर्धा दिनप्रतिदिन रोचक र प्रतिस्पर्धात्मक बन्दै गएको छ। सामान्यतया बहालवाला महासचिवको कार्यकालको अन्तिम वर्षको अक्टोबरदेखि डिसेम्बरबीच उत्तराधिकारी छनोट तथा नियुक्ति गरिन्छ। यसपटक छनोट हुने व्यक्ति संयुक्त राष्ट्रसंघको दसौँ महासचिव बन्नेछन्। उनले सन् २०२७ जनवरी १ देखि पदभार ग्रहण गर्नेछन् र वर्तमान महासचिव एन्टोनियो गुटेरेसको स्थान लिनेछन्। महासचिवको प्रतिस्पर्धामा उत्रने दिग्गज […]