नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्न लागेको जानकारी दिए । सूचनामार्फत बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।