कांग्रेस केन्द्रीय सदस्य बन्न खोज्दा विनिता पक्राउ
नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी बिनिता खड्का पक्राउ परेकी छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई हिजो शुक्रबार साँझ साढे ७ बजे काठमाडौंको राष्ट्रिय सभागृह नजिकैबाट पक्रेको हो । रामेछापको सुनापती गाउँपालिका–५, खनियापानी निवासी खड्का इजरायलमा केयर गिभरको रोजगारीमा पठाइदिने प्रलोभन देखाउँदै रकम ठगीको प्रकरणमा परेकी […]