के.पी. शर्मा ओली सरकार बनेपछि क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई ३०० दिनभित्र फ्लडलाइट सहितको रंगशाला बनाउने निर्णय पूरा हुँदै । पर्सी २४ गते ३०० दिन पुग्दै छ। किन समयमै काम नसकेको भनेर शहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर आज स्पष्टीकरण लिएको छ ।
त्रिविको जग्गा प्राप्तिमा ढिलाइ, रुख पन्छाउने प्रक्रियाको कानुनी समयसीमाले स्पेकमा गर्नु परेको परिवर्तन र निर्माण थालेपछि पानी परेकोले कालो माटो पन्छाउन परेको अप्ठेरोले तीन सिफ्टमा काम गर्दा पनि समय सीमामा काम सम्पन्न गर्न नसकेको प्रष्टिकरण समेत आएको छ ।
थप दुई महिनाभित्र प्यारापिट निर्माण र फ़्लडलाइट जडानको काम पूरा गरिसक्ने वाचा प्राप्तभएको छ। आफूले थालेका कामलाई समयमै सक्न जवाफदेही हुनेगरी काम गर्नु पर्छ भन्ने सरकारको प्राथमिकता छ।
कारण जेसुकै भए पनि तोकिएको दिनमा काम पूरा हुनु पर्थ्यो । थपिएको दिनमा काम पूरा नभए सरकारलाई सैह्य नहुने जानकारी आएको छ । असारको अन्तिम सातासम्म पक्कै हामीले कीर्तिपुरमा क्रिकेट रंगशाला अन्तराष्ट्रिय स्तरको पाउने पाएका छौं
के.पी. शर्मा ओली सरकार बनेपछि क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई ३०० दिनभित्र फ्लडलाइट सहितको रंगशाला बनाउने निर्णय पूरा हुँदै । पर्सी २४ गते ३०० दिन पुग्दै छ। किन समयमै काम नसकेको भनेर शहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर आज स्पष्टीकरण लिएको छ । त्रिविको जग्गा प्राप्तिमा ढिलाइ, रुख पन्छाउने प्रक्रियाको कानुनी समयसीमाले स्पेकमा गर्नु परेको परिवर्तन र निर्माण थालेपछि पानी परेकोले कालो माटो पन्छाउन परेको अप्ठेरोले तीन सिफ्टमा काम गर्दा पनि समय सीमामा काम सम्पन्न गर्न नसकेको प्रष्टिकरण समेत आएको छ ।
थप दुई महिनाभित्र प्यारापिट निर्माण र फ़्लडलाइट जडानको काम पूरा गरिसक्ने वाचा प्राप्तभएको छ। आफूले थालेका कामलाई समयमै सक्न जवाफदेही हुनेगरी काम गर्नु पर्छ भन्ने सरकारको प्राथमिकता छ।
कारण जेसुकै भए पनि तोकिएको दिनमा काम पूरा हुनु पर्थ्यो । थपिएको दिनमा काम पूरा नभए सरकारलाई सैह्य नहुने जानकारी आएको छ । असारको अन्तिम सातासम्म पक्कै हामीले कीर्तिपुरमा क्रिकेट रंगशाला अन्तराष्ट्रिय स्तरको पाउने पाएका छौं ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणमा भइरहेको ढिलाइबारे चासो राखेका छन्। रंगशाला अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आइतबार सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर उनले छलफल गरेका थिए ।