उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि सरकारले ल्याएको बजेट निर्माणका क्रममा आधारभूत सिद्धान्त, मूल्यमान्यता र सीमालाई अनुसरण गरिएको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आज शनिबार आयोजित बजेटपछिको छलफलमा उहाँले मेहिनतका साथ काम गरे राजस्व लक्ष्य पनि सहजै पूरा गर्न सकिने गरी निर्धारण गरिएको स्पष्ट पार्नुभयो।
कार्यक्रममा पूर्वअर्थमन्त्री जनार्दन शर्माले विगतको निरन्तरताका रूपमा ल्याइएको बजेटले अर्थतन्त्र सुधार र नागरिकको जीवनमा समृद्धि दिलाउन नसक्ने जिकिर गर्नुभयो । नीतिगत र स्रोत व्यवस्थापनका हिसाबले विगतको निरन्तरतामा बजेट आएको उहाँको दाबी छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका अध्यक्षहरुले बजेट सम्बन्धी आफ्नो बिचार राख्नुभएको थियो ।