गुगल फोटोज अब दश वर्ष पुरा भएको छ र यस अवसरमा यसले केही नयाँ सुविधाहरू प्राप्त गरेको छ। यसको पुनः डिजाइन गरिएको इडिटरले उपयोगी सुझावहरू प्रदान गर्दछ (मल्टिपल इफेक्ट कम्बाइन गर्ने एआई सुझावहरू सहित)। साथै ईमेज एरिया (तस्बिरको क्षेत्र) मा ट्याप गरेर सुझावहरू प्राप्त गर्न सकिने छ।
रिइम्याजिन र अटो फ्रेम पनि ब्राइटनेस र कन्ट्रास्ट नियन्त्रणहरूसँगै अवस्थित छन्। नयाँ इडिटर अर्को महिना एन्ड्रोइडमा विश्वव्यापी रूपमा रोल आउट हुँदैछ भने आईओएसमा यस वर्ष पछि आउने उल्लेख गरिएको छ।
त्यसैगरी क्यूआर कोडहरूमार्फत एल्बमहरू सेयर गर्न सकिने छ भने सेयर गर्नको लागि व्यक्तिगत मोण्टाज सिर्जना गर्न सकिने बताइएको छ र कलेक्सन्स ट्याब अन्तर्गत फेला परेको नयाँ प्लेसेस फिचर (स्थान सुविधा) को साथ गएका ठाउँहरू पुनः भ्रमण गर्न सकिने उल्लेख गरिएको छ। तपाईंका सबै तस्बिरहरू यहाँ भौगोलिक रूपमा इण्टरएक्टिभ म्यापमा पिन गरिएको देखिनेछ।
सर्च पनि सुधार गरिएको र थप राम्रो बनाइएको हुनाले अब किवर्ड प्रयोग नगरी खोजेको कुरा सिधै सोध्न सकिने छ। उत्तम परिणामहरूको लागि सधैं आफ्नो फोटोहरूमा फेसेस (अनुहारहरू) को नाम राख्नु पर्छ भनेर गुगलले उल्लेख गरेको छ।
यस बाहेक एपले डिभाइसमा ठाउँ खाली गर्न पहिले नै ब्याकअप गरिएका वस्तुहरू हटाउन पनि दिनेछ।
गुगल फोटोजले ‘बेस्ट अफ मन्थ’ र ‘यर इण्ड रिक्याप्स’ स्वचालित रूपमा देखाउन जारी राख्नेछ। साथै एपलाई सँगै खिचिएका समान तस्बिरहरू स्ट्याक गर्न दिएर वा स्क्रिनसटहरू, जीआईएफ र मीमहरू लुकाउन दिएर आफ्नो ग्रिडमा देख्ने कुराहरूलाई निजीकृत गर्न सकिने उल्लेख गरिएको छ। कस्टमाइजेसनको कुरा गर्दा, एपमा निश्चित व्यक्तिहरू, घरपालुवा जनावरहरू, वा मितिहरू लुकाउन सकिने छ भने समय–आधारित वा थिम्ड मेमोरिज (विषयगत सम्झनाहरू) बीच छनौट गर्न सकिने एक रिपोर्टमा उल्लेख छ।