राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेलबाट रिहा भएसँगै शीर्ष राजनीतिक दलका शीर्ष नेताहरूलाई लुटेरा भन्दै तिनका सम्पत्ति सरकारीकरण गर्नुपर्ने बताएका छन्।
उनले यी सम्पत्तिहरू उनीहरूको निजी नभएको भन्दै ३ पुस्तालाई लुटेर जोडेको आरोप लगाएका हुन्।
‘सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनुहुने सहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भनेका छन्, ‘यस देशका लुटेराहरूले सजाय पाउने क्रम जारी छ। यिनको निजि सम्पत्ति यिनको होइन, देशको ३ पुस्तालाई लुटेर यिनीहरूले जोडेका हुन। बाँकि सम्पति पनि पूर्ण रुपमा राष्ट्रीयकरण गरिनुपर्छ र यिनिहरूलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ।’
