नारायणहिटी दरबार हत्याकाण्डबारे प्रकाश दुलाल लेख्नुहुन्छ !

आज जेष्ठ १९, राजा विरेन्द् सँगै राजपरिवारका सबैको त्रासदीपुर्ण हत्या भएको दिन, त्यो वेला म काठमाडौंमा थिएँ सिंगो काठमाडौं शोकमा डुबेको थियोे र आफ्नो प्रिय राजाको शबयात्रामा १० लाख बढी सहभागी थिए ।

अधिकांश युवाले शोक मनाउन केश मुण्डन गरेका थिए, सायद राजदरबार हत्याकाण्डले नै गणतन्त्रको विजारोपण गरेकोले अहिलेसम्म सो काण्डको वास्तविक छानबिन भएको छैन । राजनीतिक उदेश्य र विदेशी चलखेलको उपज भएको घटनाको कहिल्यै छानबिन भएर सत्यतथ्य आउने छैन । नेपालीले विस्तारै यो घटना विर्नेछन् । त्यस्तो नहोस् सत्यतथ्य छानबिन होस् भन्ने मेरो कामना छ । लेखक प्रकाश दुलाल स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका उपमहासचिव तथा उर्जाबिज्ञ हुनुहुन्छ ।