नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले जसरी पनि बैंक र व्यवसायी छुट्याउनुपर्ने धारणा प्रस्तुत गरेका छन ।सोमबार प्रतिनिधिसभा अर्थ समितिको बैठकका क्रममा गभर्नरले बैंक चलाउने र व्यवसायी छुट्याउनु पर्छ । यस्तो गर्दा भूकम्प आउन सक्छ त्यसका लागि सरकार र समिति तयार रहनुपर्ने बताएका छन् । लामो समयदेखि बैंकर र व्यवसायी छुट्टयाउने बाफिया का बारेमा बहस भइरहेको छ ।