गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट प्रदेशमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले आज बुधबार प्रदेशसभामा पेश गर्नुभएको नीति तथ कार्यक्रममा लाइसेन्स आफै छाप्ने उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रममा प्रादेशिक सडक गुरुयोजना तर्जुमा गरी सोहीबमोजिम सडक आयोजनालाई क्रमिक रूपमा कार्यान्वयन गर्ने उल्लखे छ।
नीति तथा कार्यक्रमममा भनिएको छ, “नेपाल सरकारको समन्वयमा सवारी चालक अनुमति पत्रको छपाइ तथा वितरण कार्य प्रदेशबाटै सुरूवात गरिनेछ।” सवारी साधन करलाई अनलाइनमार्फत भुक्तानी, अन्य प्रदेशमा दर्ता भई गण्डकीमा दर्तारनवीकरण हुन चाहने सवारी साधनलाई सहुलियतको दिइने भएको छ।
बुधबारको प्रदेशसभाले सरकारको नीति तथा कार्यक्रम पेस गरेकोमा प्रदेश प्रमुख डिल्लीराज भट्टप्रति धन्यवाद ज्ञापनसमेत गरेको छ।
सभामुख कृष्णप्रसाद धितालले यही जेठ २३ देखि २५ गतेसम्म तीन दिन सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने सभाभा जानकारी दिनुभयो।