काठमाण्डौ महानगरको सीप मेलामा विभिन्न संस्थाको सहकार्य

काठमाण्डौ महानगरपालिका द्वारा संचालित सीप मेला सञ्चालनका लागि आर्थिक, प्राविधिक तथा मानव संशासन उपलब्ध गराएर सहकार्य गर्ने संघसंस्थाका प्रतिनिधि र मेलाको व्यवस्थापक गतिशील अभियानका अधिकारीबिचमा सामाजिक उत्तरदायित्व अन्तर्गतको सहकार्य सम्झौता पत्रमा हस्ताक्षर तथा आदान प्रदान भएको हो । मेलाको सहआयोजकका रुपमा महानगरपालिकाले नेपाल तालिम तथा व्यवसायी महासंघ र इभेन्ट म्यानेजमेन्टका लागि गतिशील अभियानसँग यस अघि नै सम्झौता गरिसकेको थियो ।

आज सम्झौता भएका निजी संघसंस्थाहरुमा एनसेल, जगदम्बा मोटर्स, गोर्खा व्रुअरी, नेपाल लाइफ इन्स्योरेन्स, आइ एन जी  ग्रुप, के एल दुगड ग्रुप , पद्म ज्योती ग्रुप, एम एड डब्लु अग्नि इन्टरप्राइजेज र काठमाडौँ मोडेल कलेज छन् । संयोजक झाका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ, गोल्छा ग्रुप र सूर्य नेपालसँग सहकार्यका लागि सहमति भइसकेको छ ।

फोटोफिचर