विगत केही समयदेखि काठमाण्डौ महानगरपालिका मेयर बालेन्द्र शाह बलेन र उपमेयर सुनिता डंगोल बीच सम्बन्धमा चिसोपन छाएको थियो। बालेनले एक्लै निर्णय गर्ने जे मन लाग्यो त्यही गर्ने र त्यसमा उपमेयरले सार्वजनिक कार्यक्रममा नै स्टण्ड मात्र गर्ने भनेर शुरुवात भएको दरार पछि काठमाण्डौ महानगरपालिका का कुनैपनि बैठक बसेको थिएन बैठक नबस्दा महानगरका सबै काममा समस्या पारिरहेको थियो ।त्यसैले बैठक बस्नेबारे मेयर र उपमेयर बीच सहमति भएको छ।