संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरान र इजरायललाई तनाव रोक्न र शान्तिको बाटो अपनाउन आग्रह गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, ‘इरानका आणविक स्थलहरूमा इजरायलको आक्रमण, बदलामा इरानले तेल अभिभमा मिसाइल प्रहार। अब धेरै भयो। अब यसलाई रोक्ने समय आएको छ। शान्ति र कूटनीतिको बाटो अपनाऊँ।’
यसैबीच युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि इजरायलका राष्ट्रपति इसाक हर्जोगसँग उक्त विषयमा कुरा गर्नुभएको छ ।
उहाँले पनि सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘म दोहोर्याउँछु( इजरायललाई आफ्नो र आफ्ना जनताको रक्षा गर्ने अधिकार छ। यसका साथै क्षेत्रीय स्थिरता कायम राख्नु पनि धेरै महत्त्वपूर्ण छ।’
उर्सुला भोन डेर लेयनले दुवै पक्षलाई संयम अपनाउन र तनाव कम गर्न गर्नुभएको छ ।
इजरायलले शुक्रबार इरानका विभिन्न स्थानमा आक्रमण गरेको थियो, त्यसपछि इरानले बदलामा इजरायलमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो।
त्यसयता दुई देशबीच एकअर्काविरुद्ध आक्रमण जारी छ।