ट्रेड टावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ । काठमाडौको एक होटलमा आईपीओ बाँडफाँड सम्पन्न भएको हो ।
कम्पनीले जेठ १४ गतेदेखि जेठ २० गतेसम्म आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई ३२ लाख ९६ हजार ५ सय ५ दशमलव १९ कित्ता सेयरनिष्काशन गरेको थियो। कम्पनीको आईपीओमा कुल २० लाख ७४ हजार २ सय ८५ जनाले २ करोड ४१ लाख १७ हजार ४ सय ८० कित्ताको लागि आवेदन परेको थियो।
जस मध्ये कुल २० लाख ५० हजार ३ सय ८८ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ। जस मध्ये गोलाप्रथाबाट ३ लाख २९ हजार ६ सय ५० जनाले शेयर पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता सेयर, १ जनाले १०.१९ कित्ता सेयर र बाँकिले १० कित्ताको दरले सेयर पाएका छन् ।