हेवाखोलाको निर्माणाधीन पुलले लियो तीन जनाको ज्यान

पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा ३ जना मजदुरले ज्यान गुमाएका छन्। गत अघिल्लो वर्ष खोलामा आएको बाढीले उक्त स्थानमा भएको पुल बगाएको थियो त्यसपछि त्यहाँ बेलिब्रिज निर्माण कार्य भइरहेको थियो। निर्माणको अन्तिम चरणमा रहेको पुल शनिबार बेलुका भाँचिदा उक्त घटनामा अन्य ३ जना घाइते भएका छन्।