नेदरल्याण्ड्ससँगको खेलमा नेपाल ६ विकेटले विजयी

नेदरल्याण्ड नेपाल

स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी २०आई शृंखलामा नेपालले दोस्रो जित निकालेको छ । बिहीबार भएको नेदरल्याण्ड्ससँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो ।

नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९।४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए । ५१ बल खेलेका उनले ६ चौका प्रहार गरे । त्यस्तै आरिफ शेखले ३९ रन बनाए ।

डेब्यू गरेका भीम सार्कीले २७ रन बनाए ।यस खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट टी(२०आईमा भीम सार्कीले डेब्यू गरेका छन् । नेपालले अब शृंखलाको अन्तिम खेलमा शुक्रबार स्कटल्याण्डसँग खेल्ने छ ।