आईसीसी विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित
स्कटल्यान्डलाई हाराउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको हो। स्कटल्यान्डलाई हराएसँगै नेपाली टोली अंक तालिकाको पाचौँ स्थानमा उक्लेको छ। नेपालले स्कटल्यान्डलाई पराजित गरेको खेलमा सन्दीप लामिछानेले विश्व कीर्तिमान बनाए। स्कटल्यान्डविरुद्ध सुरुवाती २ विकेट लिएपछि सन्दीपले […]