हामीलाई देखाएर सरकार प्रश्नबाट पनि भाग्यो : रास्वपा सांसद गौतम

shobhita

शुक्रबार रास्वपा र राप्रपाले प्रतिनिधि सभाको बैठक बहिष्कार गरे, प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम पनि हटाइयो । यसै सन्दर्भमा रास्वपा सांसद सोबिता गौतम भन्छिन् हामी नेपाली नागरिकलाई बेचेर दासत्वमा धकेल्ने संरक्षित सञ्जाल भत्काउने संघर्षमा छौं।

बेचिएका नेपालीहरूको आँशुले नपोलेको सरकार न गम्भीर देखिन्छ, न त जवाफदेही नै। उल्टो, सरकारले हाम्रो प्रतिरोधलाई संसदको प्रश्नबाट भाग्ने ढाल बनाइराखेको छ। जनप्रतिनिधि विरोधमा उठेपछि, समाधानविना सदन चल्नु हुँदैन। तर विरोधको बाबजुद पनि सदन सामान्यझैँ चलेको छ, सँगै समितिबाट प्रतिवेदनसहित आइसकेको विधेयक हामीलाई देखाएर पारित हुनबाट रोकिएको छ। हामीलाई देखाएर सरकार प्रश्नबाट पनि भागेको छ।