नेपाली रुद्राक्षले स्वदेशमै राम्रो बजार पाउँदै

नेपाली रुद्राक्ष

नेपाल विभिन्न जात, धर्म, संस्कृती, रितिरिवाजले भरिएको देश हो । यहाँ हामीलाई प्रकृतिले पनि उत्तिकै साथ दिइएको छ । विश्वमा पाइने वातावरण, बोटविरुवा, हावापानी, जिवजन्तु सबै पाइन्छ ।

नेपाल धार्मिक कुरामा पनि उत्तिकै परिचीत छ । यहाँ मठ मन्दिर एवं धार्मिक मान्यताले भरिपुर्ण बोटविरुवा र फल पनि पाइन्छ । त्यस्तै एक अत्यन्तै महत्वपूर्ण कृषि उत्पादन रुद्राक्ष पनि हाम्रो देशमा नै उत्पादन हुन्छ । यसलाई हामी आफैंले साथ र सहयोग दिइ अगाडि बढाउनुपर्ने हुन्छ । कतिपय कुराहरु महत्वपूर्ण भएर पनि ओझेलमा परेका हुन्छन् । त्यसलाई महत्वका साथ अगाडि बढाउन सक्ने हो भने त्यसले देशको पहिचान सहित आर्थिक हिसाबले पनि सहयो पुर्‍याउने हुन्छ।

अहिले पछिल्लो समय सबै सार्वजनिक कार्यक्रमहरुमा कृषि उत्पादन रुद्राक्षलाई महत्व दिंदै उपयोग गरिरहेको पाइन्छ । पछिल्लो समय होटल मेरियट एवं होटल होलिडे इन एक्सप्रेसले यसलाई महत्व दिई तारे होटलहरुमा नेपाली कृषि उत्पादन रुद्राक्षको मालाद्वारा होटलमा आउने सबै

पर्यटकलाई धार्मिक, सास्कृतिक, बैधिक, स्वास्थ्य बर्धक, अलौकिक शक्तिले भरिपूर्ण भएको रुद्राक्ष माला लगाई स्वागत एवं बिदाइ गर्ने अभियानमा जोड दिइरहेको कुरा रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाईंले जानकारी गराए।

सबै तारे होटलहरुबाट यो अभियान पूर्णरुपमा अगाडि बढाउन सक्दा यसले नेपाली किसानलाई मद्दत पुग्ने हुन्छ । पछिल्लो समय सरकारले बनाएको नारा मेड इन नेपाल मेक इन नेपालीको नारालाई पूर्णता दिनको निम्ति यस्ता अभियानले सार्थकता दिन सहयोग पुग्ने कुरा अध्यक्ष चापागाईंले बताए ।

शुरुवात गर्ने क्रममा होटल मेरियटका संचालक शशी अग्रवाल र होटल हालीडे इन एक्सप्रेसका संचालक नरेशलाल श्रेष्ठलाई संघको तर्फबाट अध्यक्ष चापागाईंले विशेष धन्यवाद दिंदै अन्य महानुभावहरुलाई यसरी नै हरेक स्वदेशी होटल, कार्यालयमा स्वदेशी उत्पादन नै प्रयोग गर्दा देशको पैसा पनि बाहिर नजाने, स्वदेशी उत्पादनको प्रचारप्रसार पनि हुने, धार्मिक एवं संस्कृती पहिचान हुने, स्वस्थ बर्धक र नेपाली किसानको पनि हित हुने कुरा अध्यक्ष चापागाईंले बताए।