नेपाल राष्ट्र बैंक गभर्नर नियुक्त भएलगत्तै किसान भेट्न निस्केका प्रा.डा. विश्वनाथ पौडेलले नीतिगत सम्बोधन सुरु गरेका छन् ।
मध्यपश्चिमका ग्रामीण किसानका व्यावहारिक जटिलता सुनेर फर्किए लगत्तै पौडेलले एकीकृत नीतिगत परिमार्जन नै सुरु गरेका हुन् । उनले कृषक र किसानका कुरा सुनेर त्यहीअनुसार कृषि कर्जालाई फर तरिकाले लागू गर्ने संकेत देखाएका छन् ।
नियुक्ति हुने बेला विवादित भएपनि नेपाल राष्ट्र बैंकको गभर्नरमा आएपश्चात आम जनता व्यवसायी वा सरोकारवालाहरुमा केही आशाको दियो जलाउने काम गर्दै आइरहेका छन् ।