तरकारी बजार विकास समितिले आज सोमबारका लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।
कालीमाटीमा आज कतिपय तरकारीको मूल्य बढेको छ भने केही तरकारीको मूल्य घटेको छ। हिजोको तुलनामा आज काउली, गोलभेँडा, भिन्डीसहितका तरकारीको मूल्य घटेको छ।
धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २७, टनेलको गोलभेँडा ४१, रातो आलु ४३, सुकेको भारतीय प्याज ४८, लोकल गाँजर ८५, बन्दा ३६, स्थानीय काउली ६२, हाइब्रिड सेतो मुला २५, लाम्चो भन्टा २१, डल्ले भन्टा ३६, तने बोडी ३८, मकै बोडी ७३ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला ३४, लोकल परबल ३५, घिरौँला ६३, झिँगुनी ५०, हरियो फर्सी लाम्चो ३४, डल्ले फर्सी ३६, पाकेको फर्सी ४२, भिन्डी ३५, कन्य च्याउ १६८, डल्ले च्याउ ३७५, ब्रोकाउली ६४, न्युरो ५५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।