काठमाडौँ महानगरले कक्षा ११ र १२ का विद्यार्थीलाई प्रदान गर्ने छात्रवृतिको अनलाइन आवेदन खुला-सूचना सहित

school विद्यालय

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ।

महानगरको शिक्षा विभागले सूचना जारी गर्दै आज असार १८देखि आवेदन खुला गरिएको जानकारी दिएको हो।

आजदेखि यही असार २७ गते राति ११ः५९ बजेसम्म अनलाईन आवेदन दिन सकिने सूचनामा उल्लेख छ। यो आवेदन देशैभरिका विद्यार्थीले दिन सक्नेछन्।

काठमाडौँ महानगरपालिका क्षेत्रमा सञ्चालित संस्थागत, निजी विद्यालयहरुमा अध्ययन गर्ने १० प्रतिशत विद्यार्थीलाई महानगरपालिकाले आफैँ परीक्षा सञ्चालन गरेर छात्रवृति प्रदान गर्दै आएको छ।

०७९ देखि महानगरले व्यववस्थित रुपमा संस्थागत विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृति प्रदान गर्न थालेको हो। महानगरको यो कार्यक्रमबाट अहिलेसम्म करिब १५ हजारजति विद्यार्थी लाभान्वित भइसकेका छन्।

२०८२ ०८३ को लागि प्रदान गरिने छात्रवृत्तिको लागि आगामी साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन गरिने सूचनामा उल्लेख छ।