नेप्सेमा आज दोहोरो अंकले गिरावट

गत सातादेखि लगातार वृद्धि भएको शेयर बजारमा आज गिरावट आएको छ ।

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको दोश्रो दिन सोमबार २१.६० अंकले ओरालो लागेको छ ।

यो हिजोको खरिदबिक्रिभन्दा ०.७९ प्रतिशतले कम हो ।

कूल ३११ कम्पनीको ७१ हजार ३१० कारोबारबाट ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार १४७ रुपैयाँ ७८ पैसाको खरिद बिक्री भएको स्टक एक्सचेञ्जले जनाएको छ ।