नेप्सेमा आज उल्लेख्य सुधार

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आज बुधबार २३.९९ अंकले उकालो लागेको छ ।

यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ८९ प्रतिशतले वृद्धि भई २ हजार ७०७.८५ बिन्दुमा पुगेको छ ।

आज ३१६ कम्पनीका ६२ हजार ८८४ कारोबारबाट ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२.१० रुपैयाँ बराबरका १ करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।