जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखा : कता छ खतराको संकेत ?

जल तथा मौसम विज्ञान विभाग

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आजका लागि चेतावनी जारी गरेको छ।

हाल सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, बारा, पर्सा, दोलखा, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ लगायतका जिल्लाहरूमा साना नदीहरूको बहाव खतरनाक रूपमा बढ्दैछ। यसले अचानक बाढीको जोखिम तीव्र रूपमा बढाएको छ।

साथै दार्चुला, बैतडी, डोटी, कञ्चनपुर, कैलाली, सुर्खेत, दाङ, चितवन, गोरखा, संखुवासभा र इलामका साना नदीहरूमा पनि बाढी आउने सम्भावना उच्च छ।

अत्यन्तै सतर्क रहन र आकस्मिक अवस्थामा तत्काल सुरक्षा कदम चाल्न सबैलाई महाशाखाले अनुरोध गरेको छ।