स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको दोश्रो दिन आज सोमबार ३२ अंकले ओरालो लागेको छ ।
यो अघिल्लो दिनको तुलनामा १.१५ प्रतिशतले घटेर २ हजार ७२८.८० बिन्दुमा पुगेको छ ।
कूल ३२१ कम्पनीको ७२ हजार ६०१ कारोबारबाट ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँ बराबरका २१ करोड १० लाख २ हजार ५४० कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।