हिजो घटेको नेप्सेमा आज ३६ अंकले वृद्धि

  • Clock icon
    २०८२ असार ३१, मंगलवार १५:२१

नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको तेश्रो दिन आज मंगलबार ३६.८६ अंकले उकालो लागेको छ ।

यो अघिल्लो दिनको तुलनमा १.३५ प्रतिशतले वृद्धि भई २ हजार ७६२.५७ बिन्दुमा पुगेको छ ।

आज कूल ३१७ कम्पनीको ७४ हजार ५७ कारोबारबाट २ करोड ६५ लाख १७ हजार २०९ शेयर कारोबारबाट ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७.८४ रुपैयाँ बराबरको कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

मौद्रिक नीति आएपछि हरियो देखिएको नेप्सेमा आज ओरालो

  • Clock icon
    २०८२ असार ३१, मंगलवार १५:२१