नयाँ आर्थिक वर्षको पहिलो दिन : नेप्सेमा उत्कृष्ट

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक नयाँ आर्थिक वर्षको पहिलो दिन हरियो चिन्ह्ले उत्कृष्ठ प्रर्दशन गरेको छ ।

कारोबार हुने साताको अन्तिम दिन बजार परिसुचक ७९.८२ अंकले वृद्धि भई २ हजार ८७४.६० बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २.८५ प्रतिशतले बढी हो ।

आज कूल ३११ कम्पनीको १ लाख ४१ हजार ४३४ कारोबारबाट ३ करोड ८६ लाख ३४ हजार ३५० शेयर कित्ता १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५.१७ रुपैयाँ बराबरको कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।