भ्यानको ठक्करबाट महिलाको मृत्यु

उदयपुरमा भ्यानको ठक्करबाट ७४ वर्षीया महिलाको मृत्यु भएको छ।

कटारी नगरपालिकाबाट सदरमुकाम गाईघाट जाँदै गरेको प्र०८–००१ ज ००७१ नम्बरको विङ्गर भ्यानको ठक्करबाट आज त्रियुगा नगरपालिका–४ चुहाडेका अन्दाजी ७४ वर्षीया कोटिमाया दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ।

दनुवारलाई भ्यानले त्रियुगा नगरपालिका–८ झोडामा ठक्कर दिएको थियो। झोडामा यात्रु ओरालेर अगाडि बढ्ने क्रममा दनुवारलाई भ्यानले ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबा६ गम्भीर घाइते दनुवारलाई उपचारका लागि जिल्ला अस्पताल पु-याइएको थियो। उपचारकोक्रममा आइतबार राती उनको मृत्यु भएको हो।