कर्णालीमा कांग्रेस एमालेबीच मनमुटाव

  • Clock icon
    २०८२ श्रावण २३, शुक्रबार

कर्णाली प्रदेश सरकारमा नेकपा एमाले र नेपाली कांग्रेसबीच खटपट सुरु भएको छ। शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको एक कार्यक्रम सत्ता साझेदार दल नेपाली कांग्रेसले बहिष्कार गरेको छ।

उक्त बहिष्कारले नेकपा एमाले र नेपाली कांग्रेसबीच कर्णाली प्रदेशमा मनमुटाव सतहमा आएको हो।

शुक्रबार बिहान सुर्खेतको सिद्धार्थ होटलमा कार्यविधि संशोधनको विषयमा छलफल कार्यक्रम थियो।

कर्णाली प्रदेश सरकारको समपुरक, विशेष र सशर्त अनुदानसम्बन्धी कार्यविधिहरुको संशोधनको प्रारम्भिक मस्यौदा उपर प्रदेशसभा सदस्यसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएपनि खटपट भएपछि रोकिएको छ ।

  • Clock icon
    २०८२ श्रावण २३, शुक्रबार