शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक बन्ने

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार

नेपालकै प्रतिष्ठित एबं परिचित शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक बन्ने भएको छ ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यावसायिक प्रशिक्षक तथा गिनिज वल्र्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनीको उपस्थितिमा उक्त डार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रम १२ भदौमा होटेल मेरियट, नक्साल, काठमाडौंमा बिहान साढे १० बजेदेखि अपराह्न पाँच बजेसम्म सञ्चालन हुनेछ । शिवम् सिमेन्ट नवीन, अद्वितीय र इनोभेटिभ कार्यक्रमका माध्यमबाट ग्राहकबिच छुट्टै पहिचान बनाउन सफल भएको ब्रान्ड हो । कम्पनीले ‘शिवम् सन्देश’, ‘नो कम्प्रमाइज’जस्ता सन्देशमूलक अभियानमार्फत समाजमा सकारात्मक प्रभाव पुर्‍याउँदै आएको छ ।

बिजनेस सेमिनारमा पाटनीजस्ता मोटिभेसनल स्पिकरसँगको सहकार्यमार्फत सहभागीलाई व्यावसायिक उत्प्रेरणा र ज्ञान प्रदान गर्ने उद्देश्य रहेको शिवम् सिमेन्टका प्रतिनिधिले बताएका छन् ।

सेमिनार आयोजक र प्रायोजक दुवै पक्षले नेपाली व्यवसाय क्षेत्रको विकास र दक्ष जनशक्तिको निर्माणमा यो कार्यक्रम एक प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरेका छन् ।

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार