जम्मु-कश्मीरमा बाढी पहिरोको क्षतिबाट ३० जनाको मृत्यु

जम्मुको कटरास्थित वैष्णोदेवी धाममा हिजो मंगलबार अर्धकुमारीनजिकै गएको पहिरोमा परी मृत्यु भएकाको संख्या ३० पुगेको छ।

एसएसपी रियासी परमवीर सिंहले आज बुधबार उक्त जानकारी दिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।

जम्मुमा बाढी पहिरोग्रस्त क्षेत्रमा उद्धार जारी छ।

उद्धार जारी छ। यसैबीच खराब मौसमका कारण वैष्णोदेवी यात्रा स्थगन गरिएको छ।

त्यहाँ मंगलबार जम्मुको तावी नदीमा रहेको पुलनजिकैको सडक बाढीले बगाएको थियो। जहाँ धेरै सवारीसाधन फसेका थिए।

भारी वर्षाका मंगलबार जम्मु-कश्मीरको डोडा जिल्लाका धेरै ठाउँमा अचानक बाढी आएको थियो। बाढीले १० देखि १५ घर बगाएको बताइएको छ।

जम्मु-कश्मीरमा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ। जम्मु-श्रीनगर र बटो-किस्तवारलगायत धेरैवटा सडक र राजमार्ग बन्द भएका छन्।

आज बुधबार सबै विद्यालय, कलेज र सरकारी कार्यालय बन्द गरिएका छन्। जम्मु विमानस्थल पनि बन्द बीबीसीले जनाएको छ ।