ललितपुरमा बसबाट खसेर एक महिलाको ज्यान गएको छ। ललितपुरको गोदावरी नगरपालिका-६ टिकाभैरव पुलस्थित सडकमा प्रदेश ३.०१.००५ ख ९३४६ नम्बरको बसबाट खसेर सोही ठाउँकी ४५ वर्षीय गीता तिमल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मंगलबार बसबाट खसेर घाइते भएकी उनको ललितपुरकै पाटन अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो। उक्त बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।