सिभिल अस्पतालमा आज थप २ जनाको मृत्यु

प्रदर्शनमा घाइते भएका निजामती कर्मचारी (सिभिल) अस्पतालमा थप २ जनाको मृत्यु भएको छ।

जेनजी प्रदर्शनमा घाइते भएर आएका २ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

सोमबारदेखि चलेको जेनजी प्रदर्शनमा हाल सम्म २१ जनाको मृत्यु भएको छ।

यो सहित सिभिल अस्पतालमा मंगलबार ३ जनाको मृत्यु भएको हो।

अस्पतालमा घाइते भएर २०० सय जना उपचारमा आएका थिए।