चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित तुइनखोला भन्ने स्थानमा पहिरो खस्दा शुक्रबार साँझदेखि बन्द नारायणगढ–मुग्लिन सडक खुलाउने प्रयास शनिबार असफल भएपछि आज आइतबार बिहानैदेखि पहिरो हटाउने काम पुनस् सुरु गरिएको छ।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ५ बजेदेखि तीनवटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउन थालिएको हो।
‘पहिरो खस्ने क्रम रोकियो भने अब ३ ४ घण्टामा बाटो खुल्ने योजना लिएको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार शुक्रबार साँझ ६स्२५ देखि यो खबर लेख्दासम्म नारायणगढ(मुग्लिन सडक बन्द छ। अर्थात् राजधानी काठमाडौँ प्रवेश गर्ने प्रमुख राजमार्ग झन्डै ३८ घण्टादेखि ठप्प छ। जसका कारण सवारीसाधनको लाइन लागेको छ। यात्रुको बिजोग भएको छ।
निरन्तर पहिरो खसिरहेकाले शनिबार साँझसम्म सडक खुलाउन नसकिएपछि राति पहिरो पन्छाउने काम रोकेर आज बिहान पुनस् थालिएको हो।
