नेपालद्धारा १५२ रनको लक्ष्य

नेपालले १५१ रन बनाएको छ ।

जितका लागि ओमानले १५२ रन पुराउनुपर्ने भएको छ ।

नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले महत्वपूर्ण अर्धशत प्रहार गरे । ५१ बलको सामना गरेका भुर्तेलले ७ चौका र एक छक्का सहित ६९ रनको योगदान दिए । त्यस्तै अर्का ओपनर आसिफ शेख २४ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले एक रन मात्र बनाउन । आज पनि उपकप्तान दीपेन्द्र सिंह ऐरिको ब्याटिङ चलेन । उनी २ रनमा आउट हुँदा कुलश मल्लले मात्र ७ रन बनाए ।

त्यस्तै आदिल आलमले १६ र गुल्शन झाले १८ रन बनाए । नन्दन यादवले ९ रन बनाउँदा सोम्पाल कामी एक रनमा नटआउट रहे ।

ओमानका लागि नादिम खानले चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २० रन दिए ।

यसअिघ नै विश्वकपमा छनोट भइसकेको नेपालले आजको खेलमा जित हात पारे ट्रफी जित्ने सम्भावना बलियो हुने छ ।

सुपर सिक्समा यूएई र कतारलाई हराइसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सामाओसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल टि-ट्वान्टी विश्व कपका लागि छनोट