नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ। हिजो एकैदिन प्रति तोला २,९०० रुपैयाँ बढेको सुनको मूल्य आज अझ तीव्र वृद्धि भई ४,९०० रुपैयाँ प्रतितोलासम्म पुगेको छ।
नेपाल सुनचाँदी महासंघका अनुसार, छापावाल सुनको मूल्य आज २ लाख ४६ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि छापावाल सुन २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला ३,०६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ३,१७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
