बाघको छाला,स्यालको रजाइँमा डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीको नेतृत्वमा भेनेजुएलाको पेट्रोलियम पदार्थ उत्खनन् कार्यलाई पुनर्जीवित गर्ने सम्भावनाबारे छलफल थालेका छन् ।

डोनाल्ड ट्रम्पको भिडियो

ह्वाइट हाउसमा दर्जनौँ तेल कम्पनीका मालिक तथा शीर्ष कार्यकारीहरूलाई बोलाएर गरिएको भेटमा अमेरिकाले स्पष्टसँग आफ्नै भूमिको श्रोत साधन बेचबिखन गरे झैँ भेनेजुयलाको पेट्रोलियम पदार्थ उत्खननका निम्ति निर्देशन दिएको बताइन्छ ।

समाचार संस्था रोयटर्सका अनुसार वासिङ्टनमा भएको उक्त बैठकमा सेभरन,एक्सन मोबिल र कोनोकोफिलिप्सजस्ता ठूला अमेरिकी तेल कम्पनीका मालिक तथा सिइओहरु थिए । त्यसैगरी बैठकमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो,ऊर्जामन्त्री क्रिस राइट र आन्तरिकमन्त्री डग बर्गम पनि देखिए ।

छलफलमा भेनेजुयलाको तेल पूर्वाधारमा लगानी,उत्पादन बृद्धि तथा अमेरिकी कम्पनीहरूको सुरक्षा र लगानी वातावरणबारे विस्तृत छलफल भएको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले अर्को देश भेनेजुयलामा लगानी गर्न इच्छुक कम्पनीहरूलाई ‘पूर्ण सुरक्षा र सुनिश्चितता’को आश्वासन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यद्यपि विगतको राजनीतिक अस्थिरता, सम्पत्ति जफत र कानुनी अनिश्चितताका कारण कतिपय कम्पनीले चासो देखाउन सकेका छैनन् । बैठकमा तत्काल ठोस लगानी प्रतिबद्धता प्राप्त नभएको समाचारमा उल्लेख छ ।