अमेरिकामा हिमपातद्धारा १७ जनाको मृत्यु

अमेरिकामा भीषण हिमपात र आँधीका कारण अहिलेसम्म १७ जनाको मृत्यु भएको छ।

अमेरिकाका धेरैवटा राज्यमा आँधीसँगै हिउँ पर्दा जनजीवन तहसनहस भएको छ।

यद्यपि अधिकारीहरूले् केही घटनामा मृत्युको कारण पत्ता नलागेको बताएका छन्।

हिमपात र चिसोका कारण अमेरिकाका धेरैवटा राज्यले आपत्‌कालीन अवस्था घोषणा गरेका छन्। देशका धेरै भागमा हिमपातसँगै वर्षा पनि भएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

हिमआँधीले सबैभन्दा बढी असर न्युयोर्कमा गरेको छ।

त्यहाँ ३७९ उडान रद्द गरिएका छन्, लाखौँ घर बिजुलीविहीन भएका छन् र विद्यालयहरू बन्द गरिएका छन्।