तेल बोकेको जहाजमाथि स्ट्रेट अफ हर्मुजमा आक्रमण:४ जना घाइते

  • Clock icon
    २०८२ फाल्गुन १७, आईतवार

रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुजमा एउटा तेल बोकेको जहाजमाथि आक्रमण भएको ओमानले जनाएको छ ।

ओमानको सरकारी समाचार एजेन्सीका अनुसार ‘स्काइलाइट’ नामक पलाउको ध्वजावाहक जहाजलाई लक्षित गरी उक्त आक्रमण भएको हो । घटनामा परी चालक दलका चार सदस्य घाइते भएका छन् । घाइते हुनेहरूमा भारतीय र इरानी नागरिक रहेको बताइएको छ ।

यो आक्रमण कसले गराएको हो भन्नेबारे अहिलेसम्म स्पष्ट भइसकेको छैन । यद्यपि, संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता इरानले उक्त जलक्षेत्रमा रहेका जहाजहरूलाई रेडियोमार्फत धम्की दिइरहेको अधिकारीहरूले बताएका छन् ।

यसैबीच, ओमानको दुक्म बन्दरगाहमा पनि ड्रोन आक्रमण भएको खबर छ । इरान र अमेरिकाबीचको आणविक वार्तामा मध्यस्थकर्ताको भूमिका खेल्दै आएको ओमानले अहिलेसम्म आफूलाई क्षेत्रीय रुपमा तटस्थ राख्दै आएको थियो ।