नेप्से परिसूचकमा वृद्धिसँगै १४ अर्ब ३२ करोड रुपैयाँको कारोबार

साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुगेको छ।

आज ३ सय ५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर खरिद बिक्री हुँदा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार ३ सय १५ रुपैयाँ बराबरको कारोबार भएको छ।

सेन्सेटिभ इण्डेक्स शूल्य दशमलव ०८ अंक, फ्लोट इण्डेक्स शून्य दशमलव ०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव११ अंक बढेको छ।

सालपा विकास बैंकको र सोलु हाईड्रोपावर शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका ग्रीनलाईफ हाइड्रोपावरको ८१ करोड १ लाख २१ हजार रुपैयाँबराबरको  शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। व्यापार समूहको परिसुचक सबैभन्दा धेरै २.०२ प्रतिशत बढेको छ ।

लामो समयदेखि स्थिर रहेको बजारमा निर्वाचनको नतिजाले नयाँ गति लियो। विशेषगरी पुराना दलहरूको विकल्पमा नयाँ शक्तिलाई प्राप्त म्यान्डेटले देशको आर्थिक संरचनामा सुधार र सुशासन आउने अपेक्षामा लगानीकर्ताहरू हौसिएका छन्।