नयाँ वर्ष २०८३ को पहिलो कारोबारका दिन नेप्से ३३ अंकभन्दा धेरैले वृद्धि

नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन आज नेप्स परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ बिन्दुमा पुगेको छ।

आज बुधबार सेन्सेटिभ इण्डेक्स १.०९ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ प्रतिशत फ्लोट इण्डेक्स १.६५ प्रतिशतल बढेको छ।

शेयर कारोबारमा ३ सय ४४ कम्पनीको २ करोड ६४ लाख ३८ हजार ५ सय २१ कित्ता शेयर १ लाख २३ हजार ३ सय ५९ पटक किनबेच हुँदा १० अर्ब ५३ करोड ७० लाख ८ हजार ७ सय ९६ रुपैयाँको कारोबार भएको छ।

आजको कारोबारमा रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, होटल फरेष्ट इन, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, सुपर खुदी हाइड्रोपावर, इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिभम् सिमेन्ट कम्पनीको ५८ करोड ९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।