ज्याकाराण्डाले निलाम्य कमलपोखरी (तस्विरहरू)

राजधानी काठमाडौंका मुख्य सडकहरू यतिबेला ज्याकाराण्डा फूलले निलाम्य बनेका छन्।

बैशाख महिनामा फुल्ने यी आकर्षक फूलहरूले सहरको सौन्दर्य थप बढाएका छन्।

विशेषगरी कमलपोखरी आसपास फुलेका ज्याकाराण्डा फूलहरूले पोखरी क्षेत्रलाई झनै मनमोहक बनाएका छन्।

नीलो–बैजनी रंगका फूलहरूले वातावरणलाई आकर्षक बनाउँदै सर्वसाधारणलाई लोभ्याइरहेका छन् ।